images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • बीमाको रकम भुक्तानी नहुदाँ स्वास्थ्य सेवामा...

बीमाको रकम भुक्तानी नहुदाँ स्वास्थ्य सेवामा कठिनाई।

बीमाको रकम भुक्तानी नहुदाँ स्वास्थ्य सेवामा कठिनाई।

images
images
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • तनहुँ – दमौली अस्पतालले सात महिनादेखि स्वास्थ्य बीमावापतको रकम भुक्तानी पाउन सकेको छैन। गत माघ महिना देखि साउन महिनासम्म रु दुई करोड ६५ लाख १६ हजार तीन सय ९४ बक्यौता रहेको हो।

    images
    images

    अस्पताललाई समयमा रकम भुक्तानी नगरिदिँदा औषधिको अभाव देखिन थालेको दमौली अस्पताल स्वास्थ्य बीमा इन्चार्ज मदन गौतमले जानकारी दिए। गौतमका अनुसार स्वास्थ्य बीमा बोर्डबाट रकम निकाशा नगरिदिँदा उपचारमा आएका बिरामीले औषधि पाउनका लागि समस्या हुने गरेको छ। अस्पतालमा दैनिक तीन सयदेखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

    उनले भने, “उपचारमा आउने बिरामीमध्ये करिब ८० प्रतिशत बिरामी स्वास्थ्य बीमाका हुने गरेका छन्।” अस्पतालका अनुसार माघ महिनामा रु २८ लाख १० हजार ९ सय २१, फागुनमा रु ३४ लाख ३६ हजार सात सय ३८ र चैतमा रु ४१ लाख ७३ हजार चार सय १५ रकम भुक्तानी हुन बाँकी छ। वैशाख रु ३६ लाख ६५ हजार चार सय ८९, जेठमा रु ४५ लाख ३९ हजार ५ सय पाँच, असारमा रु ३८ लाख ५८ हजार दुई सय ५१ र साउन महिनामा रु ४० लाख ९२ हजार छ सय ७५ रकम भुक्तानी भएको छैन।

    images
    images

    औषधि व्यवसायीलाई लामो समयदेखि रकम भुक्तानी नगरिदिँदा पुनःऔषधि मगाउन नसकिएको अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए। “अस्पतालको फार्मेसीमा औषधिको अभाव हुन थालिसकेको छ”, उनले भने, “आजका मितिसम्म जेनतेन धान्दै आएको थियौँ, अब धान्न गाह्रो हुने देखिएको छ।” उनका अनुसार १५ शय्या क्षमताको यस अस्पतालले ५० शय्या बराबरको उपचार सेवा प्रदान गर्दै आइरहेको छ। अस्पतालमा तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका केही भेगका मानिसहरुको उपचारमा आउने गर्दछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend