images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • यस्तो छ आजका लागि फलफूल तथा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं । काठमाडौं उपत्यकामा आजको तरकारी तथा फलफूलको खुद्रा मूल्य सार्वजनिक भएको छ । बजारमा आपूर्ति र मागअनुसार विभिन्न कृषि उपजहरूमा मूल्य उतारचढाव देखिएको छ।

    images
    images

    तरकारीतर्फ गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी न्यूनतम रू ६० देखि अधिकतम रू ७० मा कारोबार भइरहेको छ भने आलु रातो (स्थानीय) प्रतिकेजी औसत रू ५१ मा पाइने गरेको छ। प्याज सुकेको (भारतीय) को खुद्रा मूल्य रू ३५ देखि रू ३७ सम्म रहेको छ।

    गाजर (लोकल) प्रतिकेजी औसत रू ११८ मा बिक्री भइरहेको छ भने काउली स्थानिय रू ५० देखि रू ६० सम्ममा कारोबार भइरहेको छ। मूला रातो र सेतो दुवै प्रतिकेजी रू ३५ देखि रू ४५ को दायरामा पाइन्छ। दलहन र सिमी वर्गतर्फ बोडी (तने) प्रतिकेजी औसत रू १४२.५०, घिउ सिमी (लोकल) रू १३५, टाटे सिमी रू ८५ मा कारोबार भइरहेको छ। तितो करेला औसत रू ५७ मा, लौका रू ६१ मा र परवर (लोकल तथा तराई दुवै) औसत रू ७५ मा पाइन्छ।

    images
    images

    फलफूलतर्फ स्याउ (फूजी) प्रतिकेजी रू २५० देखि ३०० सम्ममा बिक्री भइरहेको छ भने केरा प्रतिदर्जन रू १३७ मा पाइन्छ। अनार औसत रू ३३०, कागती औसत रू १४०, जुनार रू २४५, किवि रू २७५, आभोकाडो रू ३०० र मौसम प्रतिकेजी रू १५० मा कारोबार भइरहेको छ।

    साथै, च्याउ (डल्ले) प्रतिकेजी रू ३५८, कुरीलो रू ३७५, ब्रोकाउली रू १४६ र राजा च्याउ रू २९० मा उपलब्ध छन्। विशेषत: आयातमा निर्भर वस्तु जस्तै लसुन (चाइनिज) प्रतिकेजी औसत रू २१०, खुर्सानी (अकबरे) औसत रू १७०, र सिताके च्याउ प्रतिकेजी रू ९३३ मा कारोबार भइरहेको बजार समितिले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend