images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार थप...

झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार थप उपचारका लागि भारत लगिदै

झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार थप उपचारका लागि भारत लगिदै

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारतको दिल्ली लगिएको छ। गत भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा खनालको निवासमा आगजनी भएपछि उनी गम्भीर घाइते भएकी थिइन्।

    images
    images

    घरमा लागेको आगोबाट गम्भीर रूपमा जलेकी चित्रकारको फोक्सोमा अत्यधिक धुवाँ भरिएको र निमोनियासमेत देखिएपछि नेपालमा उपचार कठिन भएको चिकित्सकको सुझावपछि उनलाई भारत लगिएको हो। उनको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ।

    घटनापछि प्रारम्भिक उपचारका लागि उनलाई सैनिक अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचारको क्रममा उनको देब्रे हात काट्नु परेको भए पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएको परिवार स्रोतले जानकारी दिएको छ।

    images
    images

    नेता खनाल, उनका छोरा निर्भिक खनाल र स्वकीय सचिव कृष्ण भट्टराई समेत उनलाई साथ दिँदै दिल्ली गएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend