images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • बैकुण्ठेका टोल-टोलमा ‘कृषि उपज सङ्कलन केन्द्र’...

बैकुण्ठेका टोल-टोलमा ‘कृषि उपज सङ्कलन केन्द्र’ निर्माण

बैकुण्ठेका टोल-टोलमा ‘कृषि उपज सङ्कलन केन्द्र’ निर्माण

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका- ६ बैकुण्ठेले कृषि सङ्कलन केन्द्रका लागि टोल-टोलमा भवन निर्माण थालेको छ । टोलस्तरमा उत्पादन भएका रैथाने तथा कृषि उपजको सङ्कलन गरेर बजारीकरण लक्ष्यले टोल भवन निर्माण थालेको हो ।वडाका टोलस्तरमा रहेका विभिन्न कृषि उपज सङ्कलन गरेर बजासम्म लैजाने उद्देश्यले भवन निर्माण भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताए । वडाले ‘बैकुण्ठेको कृषि उत्पादन, काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ काम गरिरहेकोले कृषि उजको सङ्कलनको लागि भवन निर्माण गरिएको उनको भनाइ छ ।

    images
    images

    नवनिर्मित भवनमा स्थानीयवासी भेला भएर आवश्यक छलफल, बैठकलगायतका कार्यक्रमसमेत गर्न सक्ने उनले जानकारी दिए । “कृषि उपजको सङ्कलन केन्द्रको रुपमा विकास गर्न ‘एक टोल एक भवन’ निर्माणको अवधारणा लिएका छौँ” वडाध्यक्ष आचार्यले भने, “गाउँ-गाउँमा सङ्कलन भएका कृषि उपजलाई भेला गरेर बजारसम्म पुर्‍याउने लक्ष्य छ । त्योसँगै स्थानीयले टोलका आवश्यक बैठक, भेला पनि यहाँबाट सञ्चालन गर्न सक्छन् ।” यहाँ निर्माण भएका भवनलाई वडाको उपकृषि सङ्कलन केन्द्रको रुपमा विकास गरिने वडाध्यक्ष आचार्यले बताए ।

    टोल भवन निर्माणले गाउँघरमा हुने भेला, बैठक सञ्चालनमा सहजता भएको स्थानीयवासी रामकुमार राईले जानकारी दिए । भवनबाट टोलस्तारमा उत्पादन भएका कृषि उपजहरुको सङ्कलन गरेर बेचबिखन गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ ।“टोल भवन नहुँदा हामीलाई धेरै समस्या थियो”उनले भने, “भवन अभावमा भेला बैठक सडकमा बस्नुपर्ने अवस्था थियो । घाम, पानीमा बैठक बस्न असहज हुन्थ्यो । भवन निर्माणले विभिन्न काम गर्न सहज छ ।”टोल भवनबाट अन्य कामका अलवा, गाउँघर स्वस्थ्य क्लिनिक, आमा समूह, महिला समूह, बालसमूहलगायतको बैठक सञ्चालनमा सहजता भएको वडासदस्य जानुका सुयलले जानकारी दिए ।

    images
    images

    भवन नहुँदा गाउँघर क्लिनिक सञ्चालनमा धेरै समस्या हुने भए पनि अव भने सहजता भएको उनको भनाइ छ । साविक नौ वटा टोल रहेको वडामा हालसम्म चार वटा भवन निर्माण भएको उनले जानकारी दिए । अन्य टोलमा पनि क्रमशः भवन निर्माण गर्ने योजना रहेको उनले सुनाए ।वडाले थालेको टोल भवन तथा कृषि सङ्कलन केन्द्र निर्माणको काम उदाहरणीय रहेको स्थानीयबासी राजिन राईले बताए । टोलमा भवन निर्माणले स्थानीयस्तरका विविध समस्या बारेमा छलफल तथा भावी योजना निर्माणका लागि एकजुट हुन सहजता भएको उनको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend