images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • वीरञ्जमा फेरि भेटिन थाले हैजाका बिरामी,...

वीरञ्जमा फेरि भेटिन थाले हैजाका बिरामी, २७ नयाँ केस फेला

वीरञ्जमा फेरि भेटिन थाले हैजाका बिरामी, २७ नयाँ केस फेला

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • वीरगञ्ज । पर्सा जिल्लामा हैजा संक्रमित बिरामीहरुको संख्या फेरि बढ्न थालेको छ । शनिबार एकै दिन जिल्लामा करिब २७ जनामा झाडापखाला तथा शंकास्पद हैजाको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार एक महिनाअघि जिल्लामा महामारीका रूपमा फैलिएको हैजा संक्रमण घट्दै गएको थियो । तर शनिबारदेखि फेरि अस्पताल भर्ना हुनेको दर बढेको पाइएको हो । 

    images
    images

    कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार वीरगञ्ज महानगर र पोखरिया नगरपालिकामा गरी २७ जना नयाँ बिरामी भेटिएका छन् । जसमध्ये ४ जनामा हैजा पुष्टि भइसकेको उनले बताए । बितेको एक महिनामा पर्सामा १ हजार ४ सय ५१ जना झाडापखाला तथा शंकास्पद हैजाका बिरामीहरू अस्पताल भर्ना भएका थिए, जसमध्ये १ हजार ४ सय २१ जना निको भएर घर फर्किएका कार्यालयले जनाएको छ । ३० जना भने अझै पनि विभिन्न अस्पतालमा उपचाररत छन् । 

    यसैगरी यही अवधिमा पर्सामा कुल २३७ जनामा हैजा संक्रमण पुष्टि भएको थियो, जसमध्ये २३३ जना निको भएका थिए भने चार जना भने उपचाररत रहेका कार्यालयले जनाएको छ । आइतबार पनि नयाँ केस देखिएपछि त्यसको विवरण संकलनको काम भइरहेको कार्यालयले जनाएको छ । खानेपानी प्रयोगमा सावधानी नअपनाउँदा हैजाको संक्रमण देखिन थालेको नारायणी अस्पतालका प्रवक्ता उदयनारायण सिंहले बताएका छन् । उनका अनुसार सुरुमा सबैले सतर्कता अपनाएका थिए, तर संख्या घट्न थालेपछि भने लावरवाही गरे । जसकारण हैजा संक्रमण पुनः देखिएको उनको भनाइ छ । 

    images
    images

    भदौ ६ गते वीरगञ्ज–१२ मुरलीमा पहिलोपटक संक्रमण देखिएको थियो । पानीको हाहाकार भएपछि सरकारले वितरण गरेको र डीप बोरिङको पानीका कारण हैजा फैलिएको चिकित्सकहरूले बताउँदै आइरहेका छन् । तर सरकारी निकायले भने अहिलेसम्म कहाँबाट हैजा फैलियो भन्ने पत्ता लगाउन सकेको छैन । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend