images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • बजारमा किनमेलको चहलपहल, उपभोक्ता भाउ वृद्धिबाट...

बजारमा किनमेलको चहलपहल, उपभोक्ता भाउ वृद्धिबाट हैरान

बजारमा किनमेलको चहलपहल, उपभोक्ता भाउ वृद्धिबाट हैरान

images
images
शनिवार, आश्विन ४ २०८२
शनिवार, आश्विन ४ २०८२
  • काठमाडौँ । असोज ४, दसैं पर्व नजिकिँदै जाँदा राजधानी काठमाडौंका प्रमुख बजारहरूमा उपभोक्ताको भीड बढ्न थालेको छ। असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड, सुन्धारा, टेकु र त्रिपुरेश्वर जस्ता व्यापारिक क्षेत्रहरूमा कपडा र खाद्यान्न किनमेल गर्न आउनेको चाप बढेको देखिन्छ।

    images
    images

    गोदावरीबाट महाबौद्ध किनमेलका लागि आएकी सजना आचार्यका अनुसार यस वर्ष विगतको तुलनामा बजारमा सामानको मूल्य उल्लेख्य रूपमा बढेको छ। तीज अघि भन्दा अहिले भाउ झन् बढेको छ, उनले भनिन्, गत हप्ताको आन्दोलनका कारण व्यापारीहरूले मनपरी मूल्य बढाएको जस्तो देखिन्छ।

    उनीजस्तै अन्य उपभोक्ताहरूले पनि बजारमा सरकारी अनुगमनको अभावमा व्यापारीले सस्तो वस्तुको बिल नदिने, दिए पनि सादा बिल मात्रै दिने गरेको गुनासो गरेका छन्। व्यवसायीहरूबाट प्यान वा भ्याट बिल प्राप्त गर्न कठिन भएको उपभोक्ताहरूको भनाइ छ।

    images
    images

    व्यापारीहरूले चीनसँगको तातोपानी र रसुवागढी नाका बन्द हुँदा कपडा आपूर्तिमा समस्या आएकाले मूल्य वृद्धि भएको जनाएका छन्। तीन तहको सरकार हुँदा पनि बजार अनुगमनमा कसैको रुचि छैन, थानकोटबाट किनमेल गर्न आएका मंगलबहादुर तामाङले भने, ूयसले दण्डहीनता झन् मौलाएको छ।ू

    यता, उपभोक्तालाई राहत दिने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार, चामल, दाल, चिनी र गहुँमा ५ प्रतिशत छुट, तेल, चिउरा, पीठो, मैदा आदि वस्तुमा ७ प्रतिशत छुट र चियापत्ती, धनियाँ, जिरा लगायत वस्तुमा १० प्रतिशत छुट दिइएको छ।

    सुपथ मूल्य पसल छठ पर्वसम्म सञ्चालनमा रहनेछ। यस्ता पसल प्रत्येक वडामा खोलिए उपभोक्तालाई थप राहत हुने सुझाव बलराम कोजुले दिएका छन्, जो भक्तपुरको सूर्यविनायकबाट सामान किन्न काठमाडौं आएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend