images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • चाडपर्व लक्षित गरी नयाँ बसपार्कमा यात्रुहरूको...

चाडपर्व लक्षित गरी नयाँ बसपार्कमा यात्रुहरूको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

चाडपर्व लक्षित गरी नयाँ बसपार्कमा यात्रुहरूको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

images
images
शनिवार, आश्विन ४ २०८२
शनिवार, आश्विन ४ २०८२
  • काठमाडौँ । असोज ४, चाडपर्वको अवसरमा घर फर्किने यात्रुहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ।

    images
    images

    महानगरपालिकाको स्वास्थ्य सेवा विभागद्वारा सञ्चालित यो सेवा नयाँ बसपार्कस्थित यात्रु सहायता कक्षबाट उपलब्ध गराइएको हो। विभागका सिनियर अहेव (सिअहेव) दमनबहादुर नेगीका अनुसार दसैं लक्षित गरी यात्रुहरूका लागि रक्तचाप, मधुमेह परीक्षण र झाडापखाला सम्बन्धी औषधि वितरणको व्यवस्था गरिएको छ।

    उक्त सेवा दसैंभरि निरन्तर सञ्चालन हुने जनाइएको छ। यात्रु सहायता कक्षको शुक्रबार औपचारिक शुभारम्भ काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी र काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले संयुक्त रूपमा गरेका थिए।

    images
    images

    यात्रुको भीड बढे सँगै भीड व्यवस्थापन र यात्रु गन्तव्यसम्म सुरक्षित पुग्न सघाउन महानगर प्रहरी समेत परिचालन गरिएको छ।

    नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार चाडपर्वको समयमा यात्रुको सङ्ख्या तीनगुना बढी पुगेको छ। उनका अनुसार सामान्यतया दैनिक चार देखि पाँच हजार यात्रु बसपार्कबाट यात्रा गर्ने गरेकामा हालको सङ्ख्या १५ हजार सम्म पुगेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend