images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • जेनजी आन्दोलनका कारण बीमा दावी २०...

जेनजी आन्दोलनका कारण बीमा दावी २० अर्ब नाघ्यो

जेनजी आन्दोलनका कारण बीमा दावी २० अर्ब नाघ्यो

images
images
शनिवार, आश्विन ४ २०८२
शनिवार, आश्विन ४ २०८२
  • काठमाडौँ । असोज ४, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा पुगेको क्षतिको बीमा दावी रकम हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ पुगेको छ।

    images
    images

    नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म १८ वटा निर्जीवन बीमा कम्पनीमा जम्मा १,९८४ वटा बीमा दावी परेका छन्। आन्दोलनका कारण राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षानिकाय, प्रशासनिक संरचना, निजी उद्योग, व्यापार, सवारी साधन तथा यातायातमा गम्भीर क्षति पुगेको छ।

    प्रमुख बीमा कम्पनीहरूमा दावीको अवस्थाः

    images
    images

    बीमा कम्पनी

    दावी संख्या

    दावी रकम (रु)

    दि ओरियन्टल इन्स्योरेन्स

    ४०

    ५ अर्ब १४ करोड ७९ लाख

    सिद्धार्थ प्रिमियर

    २५८

    ४ अर्ब ९३ करोड २२ लाख

    शिखर इन्स्योरेन्स

    ३६६

    २ अर्ब ३९ करोड ४ लाख

    आइजिआइ प्रुडेन्सियल

    २४

    १ अर्ब ५९ करोड ६ लाख

    सगरमाथा लुम्बिनी

    २३३

    १ अर्ब ४७ करोड ५५ लाख

    हिमालयन एभरेष्ट

    १९६

    १ अर्ब १५ करोड ६२ लाख

    नेको इन्स्योरेन्स

    ४०

    १ अर्ब ९ करोड ५३ लाख

    सानिमा जिआईसी

    १२९

    ७८ करोड ९३ लाख

    राष्ट्रिय बीमा कम्पनी

    १७२

    ४९ करोड ५१ लाख

    युनाइटेड अजोड

    १७०

    ४८ करोड ७४ लाख

    नेपाल इन्स्योरेन्स

    ७९

    ४६ करोड ९४ लाख

    एनएलजी इन्स्योरेन्स

    १५१

    ३८ करोड ५८ लाख

    प्रभु इन्स्योरेन्स

    ६९

    १९ करोड १८ लाख

    नेशनल इन्स्योरेन्स

    १९

    ६ करोड ८२ लाख

    प्रोटेक्टिभ माइक्रो

    ९

    १ करोड १३ लाख

    स्टार माइक्रो

    ६

    ६७ लाख

    नेपाल माइक्रो

    १५

    ५६ लाख

    ट्रस्ट माइक्रो

    ८

    ४२ लाख

    नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै, बीमा दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ। संघका अध्यक्ष राजेन्द्र मल्लले बीमित सम्पत्तिको क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी, आवश्यक कागजात सहित दावी प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ।

    उहाँले विगतका भूकम्प र महामारीले सिकाएको बीमाको आवश्यकता र महत्व अहिले झन् बढी महसुस भएको पनि उल्लेख गर्नुभएको छ। बीमा व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गरेको छ र बीमा कम्पनीहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत दावी भुक्तानीलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend