काठमाडौं । पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले ४ सदस्य रहेको कार्यदल गठन गरेका छन् । शुक्रबार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन गरेका हुन् ।
पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत र प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना प्रस्तुत गर्नेगरी उक्त कार्यदल गठन भएको अर्थमन्त्रालयका सहसचिव समेत रहेका प्रवक्ता टंक प्रसाद पाण्डेयले बताए ।कार्यदललाई ५ दिनभित्र सुझाव तथा कार्यान्वयन कार्ययोजना पेश गर्नुपर्ने कार्यादेश रहेको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीस्तरीय निर्णय मार्फत उक्त कार्यदल गठन गरेका हुन् ।
धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक संयोजक रहेको कार्यदलमा नेपाल राष्ट्र बैंकका बोर्ड सचिव समेत रहेका निर्देशक शरण अधिकारी, नेप्सेका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् । कार्यदलको सदस्यसचिवमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला छन् ।बजारको विसङ्गति तथा समस्या अध्ययन गर्ने भनेपनि सेयर बजारमा तत्कालीन सकारात्मक सन्देश दिने उदेश्यले उक्त कार्यदल बनाएको मन्त्रालयका अधिकराीहरु बताउँछन् ।कठिन परिस्थितिमा बनेको सरकारले विभिन्न प्रतिरोध समना गर्ने भन्दा पनि समयमा नै सकारात्मक सन्देश दिन खोजेको मन्त्रालयका अधिकारीहरुको बुझाइ छ ।
रामेश्वर खनाले नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा पनि पुँजीबजार सुधारका लागि धेरै विषय समावेश भएको थिए । विशेष गरी हाइड्रोपावरको सेयरसूचीकरण, बुट मोडेलका कम्पनी, धितोपत्र बोर्डको संरचना, नप्सेको पुनरसंरचना लगायका विषयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि धेरै सुझावहरु दिएको छ ।




.gif)





