images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • काठमाडौँ र ठूला शहरतर्फ हजारौँ हिमाली...

काठमाडौँ र ठूला शहरतर्फ हजारौँ हिमाली भेडा च्याङ्ग्रा बजार झर्न थाले,

काठमाडौँ र ठूला शहरतर्फ हजारौँ हिमाली भेडा च्याङ्ग्रा बजार झर्न थाले,

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौ । म्याग्दी,दसैंको चहलपहल सुरु भएसँगै हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा र जुम्लाबाट भेडा च्याङ्ग्राको बथान देशका ठूला सहरतर्फ झर्न थालेका छन्। विशेषगरी मुस्ताङबाट पैदल तथा सवारीमार्ग हुँदै भेडा च्याङ्ग्रा म्याग्दीको बैसरीमा आइपुगेका छन् र त्यहाँबाट ट्रक तथा कन्टेनर मार्फत पोखरा, काठमाडौँ, चितवन, बुटवल जस्ता शहरतर्फ ढुवानी भइरहेको छ।

    images
    images

    नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार, हालसम्म करिब १,३०० भेडा च्याङ्ग्रा काठमाडौँ पठाइएको छ भने थप १,७०० पठाउने तयारी भइरहेको छ। उनले भने, “तातोपानी र रसुवा नाका बन्द भएकाले यस वर्ष ठूला सहरमा मुस्ताङी भेडा च्याङ्ग्राको आपूर्ति बढी हुने छ।”

    डोल्पाका व्यापारी सञ्जय बुढाले २५ दिनको पैदलयात्रा गरेर १६० वटा च्याङ्ग्रा पोखरा पुर्याउँदै छन् भने मुस्ताङको नामग्यालबाट ल्याइएको ४६५ वटा च्याङ्ग्राको टोली बैसरीमा आइपुगेको छ।

    images
    images

    भेडा च्याङ्ग्राको मूल्य मुस्ताङमा प्रतिगोटा रू. ३२ हजारदेखि ३७ हजार सम्म पर्न गएको छ भने काठमाडौँमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रू. १,३०० मा बिक्री हुने अनुमान व्यवसायीहरूले गरेका छन्।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङका प्रमुख डा.लालमणि अर्यालका अनुसार, यस वर्ष मुस्ताङबाट १२ हजार र डोल्पा–जुम्लाबाट करिब ३ हजार च्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ। जोमसोममै पशु स्वास्थ्य परीक्षण पछि बजार पठाउने व्यवस्था मिलाइएको छ।

    च्याङ्ग्रापालन उपल्लो मुस्ताङका किसानहरूको प्रमुख पेसा हो। एक अनुमान अनुसार मुस्ताङको विभिन्न पालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन्। च्याङ्ग्राको मासु मात्र होइन, भुवा पनि पसमिनाको कच्चा पदार्थको रूपमा उपयोग हुने भएकाले यसले स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिएको छ।

    प्रमुख चुनौतीहरूमा हिउँचितुवा र ब्वाँसोको आक्रमण, हिउँदमा चरन अभाव, तथा मौसम परिवर्तन सँग जोडिएका समस्याहरू छन्। किसान तेन्जिङ गुरुङका अनुसार, च्याङ्ग्रापालनले जीविकोपार्जनमा ठूलो भूमिका खेलेको छ। उनले यसपालि ५० वटा च्याङ्ग्रा बिक्री गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend