images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • पुनः निर्माणमा कांग्रेस गण्डकी प्रदेश संसदीय...

पुनः निर्माणमा कांग्रेस गण्डकी प्रदेश संसदीय दलले १० लाख सहयोग गर्ने

पुनः निर्माणमा कांग्रेस गण्डकी प्रदेश संसदीय दलले १० लाख सहयोग गर्ने

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनः निर्माणमा १० लाख सहयोगको घोषणा गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले पुनः निर्माण कोषमा जम्मा हुने गरी १० लाख सहयोग गर्ने निर्णय गरेको हो । उक्त बैठकले पुनः निर्माण कोष स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

    images
    images

    मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले तत्काल पुनः निर्माण प्रक्रिया सुरु गर्न, पुनः निर्माणको विस्तृत योजना बनाउन र क्षतिको यकिन विवरण संकलन गर्न पनि आग्रह गरेको छ ।जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातका साधनमा ठूलो क्षति पुगेको छ । तर कति क्षति भयो भन्ने प्रष्ट विवरण आइसकेको छैन । सबै विवरण छिटो संकलन गर्न पनि काँग्रेसले माग गरेको छ । यस्तै, जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूको शीघ्र पुनः निर्माणका लागि सामूहिक प्रयास आवश्यक भएको भन्दै दलले सरकारको ध्यानाकर्षण गराएको हो ।

    बैठकले आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका ध्वंसात्मक गतिविधिहरूको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरिएको दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । यस्तै जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका मुद्दाहरूमा आफ्नो दल प्रतिबद्ध रहेको जनाएको छ ।आन्दोलन पुर्व नै गण्डकी सरकारले लिएको चालू खर्च घटाउने, दरबन्दी कटौती गर्ने र कार्यालय समायोजनको निर्णय सुशासनमैत्री भएको बैठकको निर्णय छ । 

    images
    images

    गण्डकी सरकारले ९ वटा कार्यालय खारेज गरेको थियो भने ३२ वटा कार्यालय समायोजन गरेर १७ वटामा झारेको थियो । यसबाट ३ सय भन्दा बढी कर्मचारीको दरबन्दी कटौती भैसकेको छ । सरकारीसँगै निजी क्षेत्रमाथि भएको आक्रमणमा पनि काँग्रेसले चासो दिएको छ । यस्ता आक्रमणले लगानीमैत्री वातावरण खलबलिने निजी क्षेत्रको चिन्ता छ । तर काँग्रेसले लगानीमैत्री वातावरण पुनः स्थापित गर्न संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वयात्मक पहल गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका नेताहरू लगायत आम नागरिकमाथि भएको आक्रमणको बैठकले भर्त्सना गरेको छ । संविधानको मर्म र भावनाअनुरूप विषम परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति कांग्रेस गण्डकीले सम्मान व्यक्त गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend