images

२०८३ आश्विन १८ गते

images
images
images

जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती

जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • सुर्खेत ।  भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा कर्णाली प्रदेश प्रदेश सभामा ठूलो भौतिक क्षति भएको छ । आन्दोलनमा उत्रिएका युवाहरूले भदौ २४ गते कर्णाली प्रदेशसभालाई कब्जामा लिएर पूर्ण रूपमा ध्वस्त पारेका थिए । आगजनी र तोडफोडका कारण प्रदेशसभा भित्रका भौतिक संरचनाका साथै महत्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका छन् । 

    images
    images

    प्रदेशसभा परिसरमा तोडफोड र आगजनी नभएका कुनै संरचना बाँकी देखिँदैनन् । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कर्णाली प्रदेशसभामा मात्रै तीन करोड ९४ लाख १६ हजार तीन सय ९४ रूपैयाँ बराबरको क्षति भएको छ ।कर्णाली प्रदेश सभा सचिवालयले गरेको क्षतिको प्रारम्भिक मुल्याङ्कन अनुसार सबैभन्दा बढी दुई करोड २० लाख २० हजार तीन सय रूपैयाँ बराबरको क्षति भएको छ ।

    त्यस्तै भवन तथा कोठाहरुमा एक करोड छ लाख ५७ हजार चार सय ९० रुपैयाँ,  फर्निचर तथा पिक्चर्सका सामाग्रीतर्फ ५३ लाख ९८ हजार आठ सय १२ रुपैयाँ र सवारी साधनतर्फ चार लाख २८ हजार नौ सय रुपैयाँ बराबरको क्षति भएको प्रदेशसभा सचिवालय जिन्सी शाखामा कार्यरत नायव सुब्बा कपिलदेव भण्डारीले जानकारी दिए ।उनका अनुसार कार्यालयका अन्य खर्च भएर जाने जिन्सी सामानहरुमा ९ लाख १० हजार आठ सय ९२ रुपैयाँ बराबरको क्षती भएको छ ।कार्यालयमा रहेका दुई मोटर साइकल र एक स्कुटर समेत जलेर नस्ट भएका छन् । कार्यालय परिसरमै पार्किङमा राखिएको हुम्लाको सिमीकोट गाउँपालिकाको एम्बुलेन्स समेत जलेको छ ।आन्दोल

    images
    images

    नकारीले प्रदेशसभाको बैठक कक्ष रहेको भवन, सभामुख, उपसभामुख, दलका नेताहरूको कार्यकक्ष, विषयगत समितिका बैठक कक्ष र संसदीय दलका कार्यालयसहित सम्पूर्ण संरचनामा आगजनी र तोडफोड गरेका थिए । 
    आगजनीकै कारण प्रदेशसभा बैठक कक्ष पुनःनिर्माण गर्नुपर्ने अवस्थामा पुगेको सचिवालयले जनाएको छ । बैठक भवनमा रहेका दर्शक दीर्घा, रेकर्ड तथा प्रसारण कक्षसमेत नष्ट भएका छन् ।जसले गर्दा बैठक कक्ष पुनर्निर्माण नगरेसम्म बैठक सञ्चालन गर्न सकिने अवस्था छैन । बैठकको प्रत्यक्ष प्रसारण गर्नका लागि जडान गरिएको कन्ट्रोल रुममै आगजनी भएपछि हालसम्मका प्रदेशसभा बैठकका रेकर्डहरूसमेत नष्ट भएका छन् ।

    जेन–जीको आन्दोलनका कारण प्रदेशसभाका सबै भवन र कार्यालयका सम्पूर्ण सामाग्रीहरु नष्ट भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताए । ‘सभाका कुनैपनि अभिलेख र सामाग्रीहरु बचेका छैनन्’ उनले भने, ‘रेकर्ड तथा प्रसारण कक्षमा आगो लगाएपछि हालसम्मका बैठकका रेकर्डहरु पनि नासिएका छन् ।’कर्णाली प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालयको इन्जिनियरिङ टोलीले प्रदेश सभामा भएको क्षतिको मुल्याङ्कन गरिरहेको बताए । अहिलेसम्मको प्रारम्भिक मुल्याङ्कन भएको र क्षतिको विवरण बढ्न सक्ने उनले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend