images

२०८३ आश्विन १८ गते

images
images
images

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौं ।कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक ससेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी (समूह क) को नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । 

    images
    images

    उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर विद्यमान संस्थापकहरुबाट कुनै पनि लिखित आवेदन नपरेपछि आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।

    सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। यस्तो आवेदन सूचना प्रकाशित भएको १५ दिनभित्र दिनुपर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend