images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • कोरला नाकाको सञ्चालनले दशैंको मुखमा उद्योगी,...

कोरला नाकाको सञ्चालनले दशैंको मुखमा उद्योगी, व्यापारीहरूलाई ठूलो राहत

कोरला नाकाको सञ्चालनले दशैंको मुखमा उद्योगी, व्यापारीहरूलाई ठूलो राहत

images
images
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौँ । म्याग्दी, नेपालको मुस्ताङ जिल्लाको कोरला नाकाबाट नेपाल–चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशका व्यवसायी उत्साहित भएका छन्। तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि कोरला नाका वैकल्पिक व्यापारिक मार्गका रूपमा अगाडि आएको छ।

    images
    images

    वि.सं. २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका स्थानीयवासीहरूका लागि मात्र सञ्चालनमा रहेको कोरला नाका दुई वर्षपछि व्यापारिक प्रयोजनका लागि पनि खोलिएको हो। हाल यस नाकामार्फत चिनियाँ सामग्री नेपाल भित्रिन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यापारीहरूलाई राहत मिलेको व्यवसायीहरू बताउँछन्।

    म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार कोरला नाका सञ्चालनसँगै कालीगण्डकी कोरिडोर मार्फत भारत, चीन र नेपालबीचको आयात–निर्यातमा सहजता आएको छ। हालसम्म झण्डै तीन सय कन्टेनर कोराला मार्फत भित्रिसकेका छन् भने दसैंको सामान लिन थप १,५०० कन्टेनर जान तयारीमा छन्, उनले बताए।

    images
    images

    कोरला नाकामा सञ्चालनमा आएको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले रसुवा र तातोपानी नाका बन्द भएपछि व्यापारीहरूले कोरलालाई वैकल्पिक मार्गको रूपमा रोज्न थालेको जानकारी दिए। उनका अनुसार भन्सार कार्यालयमा आवश्यक पूर्वाधार, इन्टरनेट र विद्युत् जडान गरेर नियमित कारोबार थालिएको छ।

    कोरला नाकामार्फत हालसम्म चीनबाट १५१ वटा विद्युतीय सवारीसाधन आयात भइसकेको छ। यस्तै, दसैंका लागि चिनियाँ कपडाजन्य सामग्री बोकेका ५५ वटा कन्टेनर नेपाल भित्रिएका छन्। चीनतर्फ भने नेपालबाट मूर्ति, कपडा र बाँसका मुढा निर्यात भएका छन्।

    रसुवा नाका असार २४ गतेको बाढी र पहिरोले अवरुद्ध छ भने तातोपानी नाका सडक मर्मत ढिलाइका कारण झण्डै ४६ दिनदेखि बन्द रहेको छ। यस्तो अवस्थामा कोरला नाकाको सञ्चालनले दशैंको मुखमा उद्योगी, व्यापारीहरूलाई ठूलो राहत मिलाएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend