images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • ६ जिल्लामा फैलियो हैजा, खानेपानीको शुद्धतामा...

६ जिल्लामा फैलियो हैजा, खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह

६ जिल्लामा फैलियो हैजा, खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह

images
images
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौँ । देशका ६ जिल्लामा हैजा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० को तथ्याङ्क अनुसार पछिल्लो पटक रोल्पाका ४ जनालाई हैजा पुष्टि भएको छ । 

    images
    images


    ईडीसीडीका अनुसार साउन ४ यता देशभर ७५ जनामा हैजा पुष्टि भएकोमा ७४ जना निको भइसकेका छन् भने एक जना अस्पताल भर्ना भइ उपचाररत छन् । 


    देशभर पुष्टि भएको हैजा सङ्क्रमितमध्ये रोल्पाका ४ जना बाहेक ५० जना ललितपुरका छन् । यस्तै, काठमाडौँका १० जना, कैलालीका ८ जना छन् । यस्तै, मकवानपुरमा १ जनालाई सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 
    दूषित पानी तथा खानेकुरा सेवनले हैजा सङ्क्रमण हुन्छ । पिउने पानी र उपभोग्य वस्तुको शुद्धतामा ध्यान दिन चिकित्सकले सुझाएका छन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend