images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • एनएमबि बैंकले ३ अर्ब बराबरको अग्राधिकार...

एनएमबि बैंकले ३ अर्ब बराबरको अग्राधिकार शेयर जारी गर्ने

एनएमबि बैंकले ३ अर्ब बराबरको अग्राधिकार शेयर जारी गर्ने

images
images
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं । एनएमबि बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले ८ दशमलव २५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय कम्पनीले दिएको छ । 

    images
    images

    भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो । यो अग्राधिकार शेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंक लगाएत नियमनकारी निकायबाट स्वीकृति लिने जानकारी समेत बैंकले गराएको छ । 

    बैंकले नियमनकारी निकायबाट स्वीकृति लिएपनि मात्र अग्राधिकार शेयर जारी हुनेछ । हाल बैंकको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend