काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ७५ रुपैयाँ कायम भएको छ ।




.gif)



