images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषदबाट काम...

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषदबाट काम सञ्चालन गर्ने

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषदबाट काम सञ्चालन गर्ने

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौँ । भदौ २४ गते आन्दोलनकारीहरूले रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन जलाएर ध्वस्त पारिदिए । त्यसपछि सेवा सुचारु गर्न नसकेको मन्त्रालयले आइतबारदेखि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट काम सुरु गर्ने भएको छ । मन्त्रालयका सचिव डा. विकास देवकोटाले एनएचआरसीको भवनबाट अस्थायी रूपका काम गर्नका लागि व्यवस्थापन गर्ने काम भइरहेको रातोपाटीलाई जानकारी दिए । ‘मन्त्रालयको भवन कागजात, फर्निचर, कम्प्युटर, गाडी मोटर सबे जलेका छन् । मन्त्रालयमा बसेर काम गर्न सक्ने अवस्था छैन । काम शून्यबाट सुरु गर्नु पर्ने अवस्था आएको छ,’ सचिव डा. देवकोटाले रातोपाटीसँग भने, ‘हामी मन्त्रालयका उच्च अधिकारीहरूको छलफलले एनएचआरसीबाट कामकाज सुरु गर्ने तयारी गरेर त्यहाँ व्यवस्थापन गरिरहेका छौँ ।’

    images
    images

    सचिव डा. देवकोटाले आफूहरूले सिंहदरबार परिसरमा मन्त्रालय सञ्चालनका लागि पहल गरे पनि तत्काल त्यो माग पूरा नहुने नदेखेपछि एनएचआरसीमा काम सुरु गर्ने तयारी रहेको बताए । तर, भित्र जानका लागि छलफल भने जारी रहेको उनको भनाइ छ ।मन्त्रालयले सिंहदरबारभित्र प्रतिनिधिसभासँगै बन्न लागेका केही भवनमध्ये एउटा भवन स्वास्थ्यलाई उपलब्ध गराउन आग्रह गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहत देशभरि ३० हजार भन्दा कर्मचारी कार्यरत छन् । बाहिरका अस्पतालमा आन्दोलनका क्रममा क्षति नभए पनि मन्त्रालय अन्तर्गतका संरचनामा क्षति भएको डा. देवकोटाले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend