images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • चाडपर्व नजिकिँदै गर्दा तातोपानी र रसुवागढी...

चाडपर्व नजिकिँदै गर्दा तातोपानी र रसुवागढी नाका ठप्प, कोरला नाकाबाट भने आयात तीव्र

चाडपर्व नजिकिँदै गर्दा तातोपानी र रसुवागढी नाका ठप्प, कोरला नाकाबाट भने आयात तीव्र

images
images
शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • काठमाडौँ । दसैं नजिकिँदै गर्दा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी ठप्प छन्, जसले चाडपर्वका लागि आवश्यक वस्तु आपूर्तिमा चुनौती थपेको छ।

    images
    images

    असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाकामा रहेको नेपाल–चीन जोड्ने पक्की पुल बगाएपछि सो नाका पूर्णरूपमा अवरुद्ध भएको हो। उता, अरनिको राजमार्ग अन्तर्गत पर्ने कोदारी खण्डमा गएको पहिरोका कारण तातोपानी नाका सञ्चालनमा आउन सकेको छैन। राजमार्गको डाक्लाङ क्षेत्रमा गएको ठूलो पहिरोले समस्या थपिएको बताइएको छ।

    दुवै नाका दसैंअघि सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ। यता, हिमाली जिल्ला मुस्ताङस्थित नेपाल–चीन जोड्ने कोरला नाकाबाट भने सामान आयात तीव्र रूपमा भइरहेको छ।

    images
    images

    मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत रमेश खड्काका अनुसार भदौ २१ देखि कोरला नाकाबाट भन्सार कार्यालयको औपचारिक काम सुरु गरिएको हो। ‘अहिले सम्म ३५ वटा विद्युतीय गाडी र लत्ताकपडा लगायत तयारी वस्तु बोकेका ३० वटा कन्टेनर कोरला नाकाबाट नेपाल भित्रिइसकेका छन्,’ उनले जानकारी दिए।

    चीनको लिजी क्षेत्रसम्म चिनियाँ कन्टेनरले सामान ल्याउने र त्यसपछि नेपालतर्फका कन्टेनरले ती सामान नेपाल भित्र्याउने प्रबन्ध गरिएको छ। आवश्यक पूर्वाधार तयार पारेर कोरला नाका सञ्चालनमा ल्याइएकाले यस नाकाबाट आयातमा सहजता भएको भन्सार कार्यालयको भनाइ छ।

    दसैंजस्ता प्रमुख चाडपर्वमा उपभोग्य वस्तुहरूको माग अत्यधिक हुने भएकाले मुख्य नाकाहरुको बन्द अवस्था चिन्ताजनक मानिएको छ। यस्तो परिस्थितिमा कोरला नाका वैकल्पिक माध्यमको रूपमा आशा बनेको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend