काठमाडौँ । पछिल्लो समय जारी आन्दोलनका कारण बजार क्षेत्रहरू शिथिल बनेका छन्। व्यापारी, सवारी चालकदेखि सर्वसाधारणसम्म प्रभावित भइरहेका छन् भने राजधानी लगायत प्रमुख सहरका बजारहरू प्रायः सुनसान देखिएका छन्।
व्यापारिक संघसंस्थाले आन्दोलनका क्रममा तोडफोड र अवरोध बढेकाले दैनिक कारोवारमा गम्भीर असर परेको बताउँदै आएका छन्। दैनिक आम्दानीबाट जिविकोपार्जन गर्ने साना व्यापारीहरू सबैभन्दा बढी पीडित छन्, स्थानीय व्यापारीले बताए।
आन्दोलनकारीहरूको मागप्रति सरकार संवाद गर्न तयार रहेको बताउँदै आएको भए पनि समाधानको पहल अझै निर्णायक चरणमा पुग्न सकेको छैन।
यसैबीच, सुरक्षा निकायलाई संवेदनशील क्षेत्रहरूमा तैनाथ गरिएको छ भने सम्भावित अप्रिय घटनाबाट जोगिन आह्वान गर्दै स्थानीय प्रशासनले संयमता अपनाउन अनुरोध गरेको छ।




.gif)





