काठमाडौँ । सामाजिक सञ्जालमा हालसालै एक भिडियो भाइरल बनेको छ जहाँ एक युवती आरजु राणाको भनिएको महँगो ब्राण्डका ब्यागहरू बोकेर ओसारपसार गर्दै गरेको देखिन्छ। भिडियोलाई लिएर विभिन्न अडकलबाजीहरू सुरु भएका छन्, जसले राजनीतिमा पारदर्शिताको सवाल पुनः सतहमा ल्याएको छ।
उक्त भिडियामा देखिएका ब्यागहरू विश्वप्रसिद्ध लक्जरी ब्राण्डका भएको बताइएको छ। तिनको मूल्य लाखौँ रुपैयाँ पर्न सक्ने अनुमान गरिएको छ। अहिले सम्म आरजु राणाको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यस घटनाले नेताहरूको जीवनशैलीप्रति आम जनताको चासो बढेको देखिन्छ। सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाएका छन् सार्वजनिक पदमा बसेका व्यक्तिहरूको यस्तो विलासी जीवनशैली कत्तिको औचित्यपूर्ण हो ?
भिडियोको वास्तविकता र त्यसमा देखिएको युवतीको परिचय बारे अनुसन्धान भइरहेको बताइएको छ।




.gif)





