images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • जेनजीको प्रदर्शनपछि कालिमाटी तरकारी बजारमा सुधार,आपूर्ति...

जेनजीको प्रदर्शनपछि कालिमाटी तरकारी बजारमा सुधार,आपूर्ति बढ्दै

जेनजीको प्रदर्शनपछि कालिमाटी तरकारी बजारमा सुधार,आपूर्ति बढ्दै

images
images
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौँ । भदौ २७, राजधानी काठमाडौंमा हालैको जेनजीको प्रदर्शन र त्यसपछिको सुरक्षात्मक निषेधाज्ञाका कारण प्रभावित कालिमाटी फलफूल तथा तरकारी बजारमा सुधारको संकेत देखिन थालेको छ। शुक्रबार देखि बजारमा ताजा तरकारीको आपूर्ति बढ्न थालेको हो।

    images
    images

    नेपाली सेनाले निषेधाज्ञाको समय घटाएपछि काठमाडौं उपत्यका सहित अन्य जिल्लाबाट तरकारी सहज रूपमा भित्रिन थालेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

    समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार शुक्रबार बिहान ७ः०० बजेसम्म कालिमाटी बजारमा करिब ५ सय टन ताजा तरकारी भित्रिएको छ। उनका अनुसार काठमाडौं आसपासका जिल्ला धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर लगायतका ठाउँहरूबाट ताजा तरकारी आएको हो। साथै, भन्सार पास भएर भारतबाट आयात भएका आलु र प्याज समेत बजारमा पुगेका छन्।

    images
    images

    ‘तुलनात्मक रूपमा शुक्रबार तरकारीको आगमन र वितरण राम्रो भयो,’ श्रेष्ठले बताए।

    कालिमाटी बजारमा हालको सिजनमा दैनिक औसत ६५० देखि ७०० टनसम्म तरकारी भित्रिने गरेको छ। तराईका विभिन्न जिल्लाका साथै भारतबाट पनि नियमित तरकारी आयात हुँदै आएको छ।

    तरकारी फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडाका अनुसार शुक्रबारको कारोबार सन्तोषजनक रह्यो। ‘बजार राम्रो चल्यो, होलसेलमा आएको तरकारी खुद्रा पसल सम्म पनि पुग्यो,’ उनले भने, ‘निषेधाज्ञाले केही अवरोध सिर्जना गरे पनि सुधारको संकेत देखिएको छ। शनिबार देखि आपूर्ति प्रणाली थप सहज हुने विश्वास छ।’

    हाल बजारमा आपूर्ति बढे सँगै उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ। बजार स्थायित्व तर्फ फर्किन थालेको संकेत सहित व्यवसायीले आपूर्ति र मूल्य दुवैमा सन्तुलन कायम हुने विश्वास व्यक्त गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend