images

२०८३ आश्विन १८ गते

images
images
images

'कमेडी दरबार' टिमले नयाँ एपिसोड प्रसारण स्थगित गर्ने निर्णय

'कमेडी दरबार' टिमले नयाँ एपिसोड प्रसारण स्थगित गर्ने निर्णय

images
images
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौँ । भदौ २७, लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी दरबार’ टिमले देशको वर्तमान संवेदनशील अवस्था र भ्रष्टाचारविरुद्ध बलिदान दिने वीर योद्धाहरूको सम्मान स्वरूप नयाँ एपिसोडको प्रसारण अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।

    images
    images

    शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको एक पोस्ट मार्फत टिमले भनेको छ, देशको अवस्था सामान्य नभएसम्म नयाँ एपिसोड प्रसारण नहुनेछ।

    पोस्टमा भनिएको छ, देश एक गम्भीर मोडमा पुगेको छ, जहाँ अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण निर्णयहरू लिनुपर्ने अवस्था छ। यस्तो अवस्थामा हामी हाम्रो शो रोक्ने निर्णयमा पुगेका छौं।

    images
    images

    कमेडी दरबारु हास्य कलाकार विक्की अग्रवाल र उनकी पत्नी श्रद्धा प्रसाईको निर्देशनमा तयार पारिन्छ। यसमा अभिनेत्री गौरी मल्ल महारानी र मनोज गजुरेल महाराज को भूमिकामा देखिन्छन्।

    शोको स्थगनलाई सामाजिक सन्देश दिने प्रयासका रूपमा हेरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend