images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • साता पर्ख र हेरको अबस्था प्रतिक्षामा...

साता पर्ख र हेरको अबस्था प्रतिक्षामा लगानीकर्ता, गत साता २७ प्रतिशतले घट्यो कारोबार

साता पर्ख र हेरको अबस्था प्रतिक्षामा लगानीकर्ता, गत साता २७ प्रतिशतले घट्यो कारोबार

images
images
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौँ । अघिल्लो सातामा आक्रमक रुपमा बढेको शेयर बजार (नेप्से परिसूचक) यो सातामा भने सुस्ताएको छ । 

    images
    images

    आक्रमक रुपमा अघि बढेको बजार लगानीकर्ताहरु हाल पर्ख र हेरको अबस्थामा पुगेको देखिन्छ । यो साता चार दिनमात्र कारोबार हुन सक्यो । गत सोमबार सार्वजनिक बिदा परेकाले चार दिन बजार कारोबार भएको थियो । 

    नेप्से परिसूचक २२४.८९ अंक (७.५६ प्रतिशत) घटेर २ हजार ७४९.५७ मा बन्द भयो । अघिल्लो हप्ताको तुलनामा ०.८८ प्रतिशतले घटेर गत साता परिसूचक २ हजार ९७४.४६ मा बन्द भएको थियो । 

    images
    images

    यो साता परिसूचक २ हजार ९९० दशमलव ०४ अंकको उच्च र २ हजार ७२७ दशमलव ५७ बिन्दुमा पुगेपछि २६२ दशमलव ४७ अंकको अस्थिरता देखिएको छ । अघिल्लो साता परिसूचकले १०४.५४ अंकको अस्थिरता देखाएको थियो । 

    अघिल्लो सातासम्म आक्रमक अंकले नेप्से सूचक ३ हजार विन्दु छेड्ने प्रयास यो सातामा आइपुग्दा लगानीकर्ताहरु नाफा बुक गर्न थालेको लगानीकर्ताहरु बताउँछन् । 

    घट्यो कारोबार

    यो साता कारोबार रकम अघिल्लो साताको तुलनामा निकै घटेको छ । यो साता ६४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ भने अघिल्लो साता ६६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो ।

    औसत कारोबार २७ प्रतिशतले घटेको छ । यो साता १६ अर्ब माथिको कारोबार भएको थियो भने अघिल्लो साता २२ अर्ब माथिको  औसत कारोबार भएको थियो ।

    त्यस्तै बजार पुँजीकरण ७ प्रतिशतले घटेको छ । यो  साता ४३ खर्ब ६६ अर्बमा आइपुगेको छ । अघिल्लो साता ४७ खर्ब २४ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend