काठमाडौँ । भदौ २६, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर २ लाख १४ हजार २ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन, बुधबार सो सुनको मूल्य २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको २५०५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो।




.gif)





