images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा...

झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार

झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार

images
images
बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • काठमाडौँ । भदौ २६, पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै गएको छ। कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचाररत चित्रकारको स्वास्थ्यमा क्रमशः सुधार देखिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन्।

    images
    images

    चित्रकार अहिले सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छिन्। उपचारमा संलग्न चिकित्सक डा.निजिना ताम्राकारका अनुसार चित्रकारको फोक्सोमा धुवाँ भरिएको छ, जसले स्वास्थ्यलाई जटिल बनाएको हो। “अवस्था अलि गम्भीर छ, तर स्वास्थ्यमा सुधार भइरहेको छ,” डा.ताम्राकारले बताइन्।

    चित्रकारको उपचारमा डा.ताम्राकार सहित सर्जनहरूको एक समूह संलग्न छ।

    images
    images

    मंगलबार डल्लुस्थित पूर्वप्रधानमन्त्री खनालको निवासमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले आगजनी गरेका थिए। आगलागी पछि घरबाट निस्कने क्रममा रविलक्ष्मी चित्रकार घाइते भएकी थिइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend