images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • संघिय संसद प्रतिनिधि सभा बैठक अनिश्चितकालका...

संघिय संसद प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित

संघिय संसद प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । भदौ २५, बुधबार दिउँसो १ः०० बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक विशेष परिस्थितिका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ। मंगलबार जेनजी प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आगजनी भएपछि संसद सचिवालयले बैठक स्थगित गर्ने निर्णय लिएको हो।

    images
    images

    संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको सूचनामा बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ। सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम प्राप्त अधिकार प्रयोग गरी बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।

    यद्यपि सूचनामा “विशेष कारण” मात्र उल्लेख गरिएको छ, संसद भवनमै आगजनी भएर भौतिक संरचनामा पूर्ण क्षति पुगेको र राजनीतिक अवस्था असहज बनेको स्पष्ट देखिन्छ।

    images
    images

    मंगलबारको प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले संसद भवनको सुरक्षा घेरा तोड्दै प्रवेश गरेका थिए र भवनमा आगजनी गरेका थिए। आगलागीका कारण संसद भवनमा गम्भीर क्षति पुगेको हो।

    सरकार र सुरक्षाप्रति असन्तुष्टि जनाउँदै गरिएको सो प्रदर्शन अहिले गम्भीर राजनीतिक रूप लिँदै गएको छ।

    आधिकारिक जानकारी नआए सम्म संसद बैठक कहिले पुनः बोलाइने हो भन्ने अन्योल कायमै रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend