images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • सर्वोच्च अदालतमा आगलागीपछि सबै मुद्दाको सुनुवाइ...

सर्वोच्च अदालतमा आगलागीपछि सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्च अदालतमा आगलागीपछि सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । भदौ २५,जेनजी आन्दोलन अन्तर्गतको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालतमा भीषण आगलागी भएपछि मुद्दा सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ।

    images
    images

    सर्वोच्च अदालतका रजिष्टारद्वारा जारी गरिएको हस्त लिखित सूचनामा भनिएको छ, आगजनीको कारण सर्वोच्च अदालत पूर्णरूपमा ध्वस्त भएको, अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजका लागि तोकिएका पेशीहरू स्थगित गरिएको छ। साथै, अघिल्ला मितिहरूमा दर्ता भएका सबै मुद्दाको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ।

    आगलागीका कारण अदालतको भौतिक संरचना मात्र नभई कानुनी कार्यप्रणालीका सम्पूर्ण अभिलेखहरू समेत पूर्णरूपमा नष्ट भएका छन्। आगलागी पछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्बन्धित निकायहरूले क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य थालेका छन्।

    images
    images

    जेनजी आन्दोलनको सिलसिलामा भएको यो हिंसात्मक प्रदर्शनले मुलुकको न्याय प्रणालीमा गम्भीर असर पार्ने अनुमान गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend