काठमाडौँ । भदौ २५, काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूमा आन्दोलनको आडमा लुटपाट गर्ने २१ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरूले राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटेल हायात लगायतका स्थानहरूमा लुटपाट गरेको प्रहरीले जनाएको छ। ती समूहहरूले आन्दोलनको अवसरलाई अनुचित रूपमा उपयोग गर्दै सर्वसाधारण र व्यवसायिक प्रतिष्ठानहरूमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए।
नेपाल प्रहरीले आन्दोलनको नाममा अराजक गतिविधिमा संलग्नहरूमाथि कडा निगरानी गर्दै आएको र कानुनी कारवाही अगाडि बढाइने जनाएको छ।
यस्तै, यस्ता घटनामा संलग्न वा योजना बनाउनेहरूबारे जानकारी भएमा नेपाली सेनाले हटलाइन नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबर मार्फत सन्देश पठाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
स्रोतका अनुसार, पक्राउ परेकाहरूको विस्तृत विवरण सार्वजनिक गरिँदैछ।




.gif)





