images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न ५...

राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जना सेनाको फन्दामा

राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जना सेनाको फन्दामा

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । भदौ २५, काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा मंगलबार राति भएको लुटपाटमा संलग्न पाँच जनालाई नेपाली सेनाले पक्राउ गरेको छ।

    images
    images

    सेनाले दिएको जानकारी अनुसार पछिल्लो परिस्थितिको अनुचित फाइदा उठाउँदै बैंक लुटपाटको प्रयासमा संलग्न उनीहरूलाई विशेष निगरानीपछि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूको नाम र थप विवरण सार्वजनिक गरिएको छैन।

    सुरक्षा स्रोतका अनुसार उनीहरू राष्ट्रको अस्थिर परिस्थितिको मौका छोपेर संगठित रूपमा बैंक लुटपाटमा संलग्न भएका थिए। घटनाको थप अनुसन्धान भइरहेको र संलग्नहरूमाथि कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

    images
    images

    अहिलेसम्म बैंकबाट कति रकम लुटिएको वा क्षति पुगेको विवरण सार्वजनिक गरिएको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend