काठमाडौँ । सोमबार घटेको सुनचाँदीकोे भाउमा आज फेरि कीर्तिमान कायम भएको छ । सुनको भाउ आज एकैदिन तीन हजार एक सय रुपैयाँले बढेको छ । सुन आज तीन हजार एक सय रुपैयाँले बढेर दुई लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ११ हजार छ सय रुपैयाँ थियो । आईतबार तोलाको दुई लाख १२ हजार पुगेको थियो ।
यस्तै, मंगलबार चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । मंगलबार चाँदी तोलामा ४० रुपैयाँले बढेर दुई हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको भाउ तोलाको दुई हजार चार सय ७५ रुपैयाँ थियो भने आईतबार चाँदीको भाउ दुई हजार पाँच सय रुपैयाँ थियो ।




.gif)



