images

२०८३ आश्विन १९ गते

images
images
images

प्रहरी हवलदार सहित ट्रमा सेन्टरमा ५४ जना घाइतेको उपचार हुँदै (नामावलीसहित)

प्रहरी हवलदार सहित ट्रमा सेन्टरमा ५४ जना घाइतेको उपचार हुँदै (नामावलीसहित)

images
images
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौँ । भदौ २४, सोमबार दिउँसो राजधानीमा भएको जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट घाइते भएका ५४ जना हाल ट्रमा सेन्टरमा उपचाररत छन्। तीमध्ये ८ जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

    images
    images

    अस्पतालका अनुसार सबै घाइतेहरू गोली लागेर गम्भीर अवस्थामा छन्। घाइतेहरूको सूचीमा १७ वर्षदेखि ५२ वर्ष सम्मका विभिन्न उमेर समूहका व्यक्तिहरू छन्। उनीहरू देशका विभिन्न जिल्लाबाट आन्दोलनमा सहभागी हुन काठमाडौं आएका थिए।

    घाइतेमध्ये प्रहरी हवलदार कुमार लामा (दोलखा) समेत रहेका छन्। अन्य प्रमुख घाइतेहरू मध्ये निकेश रिजाल (२३, बर्दिया), हरि अधिकारी (२६, जुम्ला), पवन खड्का (२१, महाराजगञ्ज), सूर्य राई (सिन्धुपाल्चोक), सौरभ कठायत (१९, धनगढी), सन्देश प्रधान (२७, नवलपरासी), आशुतोष बस्नेत (१९, इटहरी), सौरभ गौतम (२०, भोजपुर) लगायत रहेका छन्।

    images
    images

    अन्य घाइतेहरूमा रोशन रेग्मी (१८, गोरखा), रुपेश कार्की (२७, भक्तपुर), हरिबहादुर शाही (१७, जाजरकोट), प्रकाश बोहरा (२९, दैलेख), हरिहर सिलवाल (५२, म्हेपी), दिलीपकुमार भुजेल (२६, गाईघाट), नवीन तामाङ (२२, सिन्धुली), मदन कार्की (२५, सिन्धुपाल्चोक) लगायत रहेका छन्।

    घाइतेहरू मध्ये केहीको अवस्था अत्यन्तै गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

    एक जना घाइतेको परिचय खुल्न सकेको छैन। उनको उपचार पनि ट्रमा सेन्टरमै भइरहेको छ।

    अस्पताल प्रशासनले अहिले पनि थप विवरण संकलन गरिरहेको र अवस्थाको निगरानीमा रहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend