images

२०८३ आश्विन १८ गते

images
images
images

ग्लोबल आइएमई बैंक र एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लू वृद्धि अटोकर्पबीच सम्झौता

ग्लोबल आइएमई बैंक र एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लू वृद्धि अटोकर्पबीच सम्झौता

images
images
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • काठमाडौं। एमएडब्लू वृद्धि मोटर्स एवं एमएडब्लू वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय गाडीहरू खरिद गर्ने चाहनेलाई ग्लोबल आईएमई बैंकले कर्जा उपलब्ध गराउने भएको छ। ग्लोबल आईएमई बैंक र एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लू वृद्धि अटोकर्पबीच त्यस्तो सम्झौता भएको छ।

    images
    images

    सोसम्बन्धी सम्झौतापत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लू वृद्धि अटोकर्प मोटर्सका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार, एमएडब्लू वृद्धि मोटर्स एवं एमएडब्लू वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय गाडीहरू दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरूका लागि ग्लोबल आईएमई बैंकले सरल ब्याजदरमा कर्जा लगानी गरिदिनेछ। त्यस्तो कर्जा आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिनभित्र उपलब्ध गरिनेछ। दीपल र सेरेस ब्रान्डका विद्युतीय गाडीहरू नेपाली प्रयोगकर्ताहरूमाझ लोकप्रिय छ। उक्त कम्पनीले नाम्मी ब्रान्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री सुरुवात गरिसकेको छ।

    images
    images

    ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न यस बैंकले विद्युतीय सवारीसाधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ। ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ।

    ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका देशभर ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

    ग्लोबल आईएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो, जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend