images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • जनकपुर प्रादेशिक अस्पताल इकाई समितिको नयाँ...

जनकपुर प्रादेशिक अस्पताल इकाई समितिको नयाँ कार्यसमितिले लिए सपथ

जनकपुर प्रादेशिक अस्पताल इकाई समितिको नयाँ कार्यसमितिले लिए सपथ

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं । जनकपुरधामस्थित प्रादेशिक अस्पताल इकाई समितिको नयाँ कार्यसमितिका पदाधिकारीहरूले जानकी मातालाई साक्षी राखेर सपथ लिएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ‘अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति जनकपुरधाम’ को नयाँ कार्यसमितिका पदाधिकारीहरूले सपथ लिएका हुन् । 

    images
    images

    शनिबार डा. अनिलकुमार ठाकुर नेतृत्वको नवगठित कार्यसमितिका पदाधिकारीहरूले आफूहरूको पाएको जिम्मेवारी इमान्दारीका साथ बहन गर्ने प्रतिबद्धतासहित सपथ लिएका छन् । समितिका उपाध्यक्षमा डा। राजेशकुमार शाह, सचिवमा अजितकुमार तिवारी, सह–सचिवमा ई. पवनकुमार महतो र कोषाध्यक्षमा किरण यादव रहेका छन् । यसैगरी, सदस्यहरूमा डा। रमेश यादव, डा. कुन्दन मिश्र, रुबी साह, विभा कर्ण, पुनम ठाकुर, कौसिल्या तिमिसिना, विना साह, अशोककुमार यादव, श्रीचन मण्डल र बंकर मेस्तर रहेका छन् । 

    त्यस्तै, सल्लाहकारमा पूर्वअध्यक्ष डा। रबिन्द्रकुमार सिंह र कानुनी सल्लाहकार एम. के. झा रहेका छन् । नयाँ कार्यसमितिले कर्मचारीहरूको हक, अधिकार र कर्तव्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ । यसैबीच, निजामती कर्मचारी बाहेक मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई विधानअनुसार शुल्क लिएर सदस्यता वितरण समितिले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend