images

२०८३ आश्विन १९ गते

images
images
images

मधेसमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा हैजाकाे सङ्क्रमण पुष्टि

मधेसमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा हैजाकाे सङ्क्रमण पुष्टि

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौँ । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३६ जना हैजाका नयाँ बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार योसहित मधेसमा हालसम्म १ हजार ११७ जनामा हैजा पुष्टि भएको छ ।  महाशाखाका अनुसार हाल सक्रिय बिरामीको सङ्ख्या ८३ मा झरेको छ भने १ हजार ३४ जना निको भइसकेका छन् ।

    images
    images

    वीरगन्ज महानगरपालिकाका विभिन्न हटस्पट तथा अन्य क्षेत्रहरूमा खानेपानीको गुणस्तर निगरानी कार्य निरन्तर भइरहेको समेत महाशाखाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय र महानगरपालिकासँगको सहकार्यमा खानेपानीको नियमित परीक्षण भइरहेको हो ।

    त्यस्तै, विद्यालयहरूलाई खानेपानीको शुद्धता सुनिश्चित गर्न फ्रि रेसिड्युअल क्लोरिनको स्तर कायम राख्न समेत सल्लाह दिइएको महाशाखाले जनाएको छ । झाडा पखाला तथा हैजाजस्ता रोगहरूबाट बच्न पानी उमालेर वा क्लोरिन प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न समेत महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend