images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • कोलोन क्यान्सरका लागि रूसी खोप प्रयोगका...

कोलोन क्यान्सरका लागि रूसी खोप प्रयोगका लागि तयार

कोलोन क्यान्सरका लागि रूसी खोप प्रयोगका लागि तयार

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • मस्को । रुसले विकास गरेको क्यान्सर खोपले प्रिक्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यसले सुरक्षा र उच्च प्रभावकारिता दुवै देखाएको छ । फेडरल मेडिकल र जैविक एजेन्सी (एफएमबिए) की प्रमुख भेरोनिका स्क्वोर्टसोभाले यो घोषणा पूर्वी आर्थिक फोरम (इइएफ) मा गरेका हुन् । 

    images
    images

    ‘यो अनुसन्धान धेरै वर्षसम्म फैलिएको थियो, यसको अन्तिम चरण अनिवार्य तीन प्रिक्लिनिकल अध्ययनका लागि समर्पित थियो’, तास समाचार एजेन्सीले स्क्वोर्टसोभाको भनाइ उद्धृत गर्दै भनेको छ, ‘खोप अब प्रयोगका लागि तयार छस हामी आधिकारिक स्वीकृतिको प्रतीक्षामा छौँ ।’उनका अनुसार, प्रिक्लिनिकल नतिजाले बारम्बार प्रशासित हुँदा पनि खोप सुरक्षित र प्रभावकारी रहेको पुष्टि गरेको छ । अनुसन्धानकर्ताहरूले ट्युमरको आकार घटेको र ट्युमरको प्रगति सुस्त भएको देखेका छन्, जसको प्रभाव दर रोगको प्रकृतिअनुसार ६० देखि ८० प्रतिशतसम्म रहेको छ । साथै, खोप प्रयोगपछि बाँच्ने दरमा पनि वृद्धि भएको सङ्केत गरिएको छ ।

    यस खोपको पहिलो लक्ष्य कोलोरेक्टल (कोलोन)क्यान्सर हुनेछ । यससँगै ग्लियोब्लास्टोमा र ओकुलर मेलानोमा लगायतका विशेष प्रकारका मेलानोमाका लागि पनि खोप विकासमा उल्लेखनीय प्रगति भइरहेको स्क्वोर्टसोभाले बताउनुभयो । यी खोपहरू अहिले विकासको उन्नत चरणमा पुगेका छन् ।दशौँ पूर्वी आर्थिक फोरम सेप्टेम्बर ३ देखि ६ सम्म भ्लाडिभोस्टकमा ‘सुदूर पूर्वः शान्ति र समृद्धिका लागि सहयोग’ भन्ने विषयवस्तुमा सम्पन्न भएको थियो ।  कार्यक्रममा सात ट्र्याकअन्तर्गत एक सयभन्दा बढी सत्रहरू आयोजना गरिएका थिए, जसमा ७५ भन्दा बढी देश र क्षेत्रका करिब आठ हजार चार सय सहभागी उपस्थित थिए । 

    images
    images

    सामान्यतया, खोपहरू दादुरा खसरा वा चिकनपक्सजस्ता सङ्क्रमण रोक्न प्रयोग गरिन्छन्। यी खोपहरूले प्रतिरक्षा प्रणालीलाई हानिकारक कीटाणु पहिचान र प्रतिक्रिया गर्न प्रशिक्षण दिन्छन्। तर केही खोपहरू विशेष गरी क्यान्सर कोषहरू पहिचान गरी लक्षित गर्न प्रतिरक्षा प्रणालीलाई सहयोग गर्ने उद्देश्यले बनाइएका हुन्छन्।हाल क्यान्सर खोपहरू केही प्रोस्टेट र मूत्राशय क्यान्सरका उपचारका लागि उपलब्ध छन् भने अमेरिकन क्यान्सर सोसाइटीका अनुसार थप अनुसन्धानहरू जारी छन् । क्यान्सर खोपहरू प्रयोगशालामा तयार पारिएका पदार्थहरू हुन् जसले शरीरको प्राकृतिक प्रतिरक्षा संयन्त्रलाई बलियो बनाइदिन्छन् ।खोपको प्रकारअनुसार केही क्यान्सर उपचारका लागि प्रयोग गरिन्छ भने केही क्यान्सर रोकथामका लागि, जस्तै एचपिभी (मानव प्यापिलोमा भाइरस) खोप ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend