images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • भदौ २९ गतेबाट एसवाई प्यानल नेपालले...

भदौ २९ गतेबाट एसवाई प्यानल नेपालले आईपीओ निष्कासन गर्ने

भदौ २९ गतेबाट एसवाई प्यानल नेपालले आईपीओ निष्कासन गर्ने

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौं  ।एसवाई प्यानल नेपालले यही भदौ २९ गतेबाट आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ ल्याउन लागेको हो।

    images
    images

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ ल्याउन अनुमति दिएको छ। जसअनुसार कम्पनीले जारी पुँजीको २ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावितका बासिन्दा (चितवनको रत्ननगर नगरपालिका सबै वडा) का लागि बिक्री खुला गर्न लागेको हो ।

    यसैगरी कम्पनीले सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी गर्नेछ। दुवै समूहले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।यो आईपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाले रत्ननगर–१४ स्थित कम्पनीको कार्यालयसँगै धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौंस्थित कार्यालय र क्यापिटलले निर्माण गरेको अनलाइनबाट तथा प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट आवेदन दिन सक्नेछन्।

    images
    images

    वैदेशिक रोजगारमा रहेका नेपालीले भने यस आईपीओमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।उद्योग प्रभावित स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा असोज १२ गते र ढिलोमा असोज २७ गते हुनेछ। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी आईपीओको निष्कासन बन्द भने छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गते बैंकिङ समयपछि हुनेछ।एसवाई प्यानल नेपालको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend