काठमाडौँ । २१ भदौ, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक यही २२ गते बिहान ९ः०० बजे बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि आवश्यक निर्देशनसहित अनुरोध गरिएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन, आगामी योजना तथा नीति निर्माणलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।




.gif)



