काठमाडौँ । भद्रौ २१, लोकप्रिय हास्य–व्यङ्ग्यात्मक टेलिशो ‘कमेडी दरबार’ को नयाँ एपिसोड निर्धारित मितिमा युट्युब मार्फत सार्वजनिक हुन सकेन। कार्यक्रम टिमले शुक्रबार सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै एपिसोड स्थगनको जानकारी गराएको हो।
शो टिमका अनुसार, सरकारले युट्युब सहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकाले शुक्रबारको एपिसोड अपलोड गर्न नसकिएको स्पष्ट गरिएको छ।
“सरकारको निर्णय हो, मान्ने बाहेकको विकल्प छैन। हाम्रा दर्शक–श्रोतासँग क्षमा प्रार्थना गर्दछौँ,” टिमले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ।
नयाँ एपिसोड रोकिएकोमा टिमले दुःख व्यक्त गर्दै दर्शक–श्रोताको निरन्तर समर्थनका लागि आभार व्यक्त गरेको छ।
सरकारद्वारा लागू गरिएको सामाजिक सञ्जाल प्रतिबन्धको प्रभाव विभिन्न डिजिटल सामग्री माथि देखिन थालेको छ। दर्शकहरू अहिले वैकल्पिक माध्यमको खोजीमा रहेका छन्।




.gif)





