images

२०८३ आश्विन १९ गते

images
images
images

नेपालगञ्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन

नेपालगञ्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।सो एम्बुलेन्स सञ्चालनमा आएपछि दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अब अस्पताल वा सेल्टरसम्म पु¥याउन सहज हुने उपमहानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमले जानकारी दिए । 

    images
    images

    उनका अनुसार ‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स हस्तान्तरण गरेको हो । नेपालगञ्जमा छाडा चौपाया सडक दुर्घटनामा पर्दै आएका छन् । उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उक्त एम्बुलेन्सको अधिकतम उपयोग गरिने बताउँदै पशुको उद्धार र व्यवस्थापनमा यसले सहज बनाउने विश्वास व्यक्त गरे । 

    एनिमल नेपालका अध्यक्ष शोभा रायमाझीले दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अस्पताल वा सेल्टरसम्म पु¥याउन सहज बनाउन उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स प्रदान गरिएको बताए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend