images

२०८३ आश्विन १८ गते

images
images
images

आजबाट फिल्म ‘रिमै’ प्रदर्शनमा

आजबाट फिल्म ‘रिमै’ प्रदर्शनमा

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौँ । आजबाट फिल्म ‘रिमै’ प्रदर्शनमा आयो । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नेपाली फिल्म ‘रिमै’ र ‘चिठ्ठी’ प्रदर्शनमा आउने भनिए पनि अन्तिम समयमा ‘चिठ्ठी’ले आफ्नो प्रदर्शन स्थगित गरेपछि ‘रिमै’ले एकल प्रदर्शन अवसर पाएको हो । ‘चिठ्ठी’ले हलले शोमा पक्षपात गर्दै कम दिएको भन्दै निर्माण संस्था एरा प्रोडक्सनको प्रालीले बिहीबार एक विज्ञप्ति मार्फत प्रदर्शन स्थगित गरेको हो ।

    images
    images

    यद्यपि, देशभरका फिल्म हल ‘रिमै’ले मात्र पाएको छैन । किनभने यसअघि प्रदर्शनमा आएका नेपाली फिल्म ‘मोहोर’, ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’ र ‘गुन्यु चोली’ले अझै धेरै स्टेसनमा कब्जा जमाएर बसेका छन् । ‘रिमै’ : अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिकामा अभिनय रहेको ‘रिमै’ फिल्मलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौँ उपत्यकामा १४ शो र मोफसलमा १८ शो उपलब्ध गराएको छ । यता देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई फिल्मलाई आफ्ना पाँच हलमा ५ शो, वान सिनेमाजले ७ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मुभिजले २ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले २ शो, सिने डी सेफले २ शो उपलब्ध गराएको छन् । यदी हलमा दर्शकको चाप बढ्दै गएको खण्डमा शो थपिदै जानेछ ।

    गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ र रिश्माको अलवा अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय छ ।कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको सङ्गीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend