images

२०८३ आश्विन १८ गते

images
images
images

बङ्गलादेशी फिल्म 'नो दोराई' २७ भदौदेखि नेपालमा

बङ्गलादेशी फिल्म 'नो दोराई' २७ भदौदेखि नेपालमा

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौँ । बङ्गलादेशको चर्चित फिल्म ‘नो दोराई’ भदौ २७ देखि नेपालमा रिलिज हुने भएको छ । एप्पल इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।साहस, स्वतन्त्रता र सहनशीलताको यो कथा पेस गर्ने फिल्मले सन् २०१९ मा ६ विधामा बङ्गलादेशको राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो ।

    images
    images

    प्रसिद्ध निर्देशक तानीम रहमान अंशुद्वारा निर्देशित `नो डोराई’ (जसको अर्थ ’नडराएको’ हो)ले कोक्स बजारकी एक युवती आयशाको प्रेरणादायी र वास्तविक कथालाई पछ्याउँछ ।सर्फिङप्रतिको उत्साहलाई पछ्याउँदै उनले गहिरो जरा गाडेका सामाजिक मान्यतालाई चुनौती दिन्छिन् । उनको यात्राले सशक्तीकरण, लगनशीलता र समुन्द्रसँगको बलियो भावनालाई चित्रण गर्छन् । फिल्मले साहसी कथावाचन, मनमोहक छायाङ्कन र बङ्गलादेशमा विद्यमान सर्फ संस्कृति, महिला सशक्तीकरणको अन्वेषण गर्छ ।

    ‘साहस र स्वतन्त्रताको विश्वव्यापी विषयवस्तुका साथ, ‘नो दोराई’ नेपाली दर्शकमाझ गहिरो रूपमा प्रतिध्वनित हुने अपेक्षा गरिएको छ’ एप्पल इन्टरटेनमेन्टले भनेको छ, ‘साहसिक कार्य, समानता र व्यक्तिगत विजयका कथा मन पराउनेलाई रुचिकर हुनसक्छ ।’मुख्य पात्र आयशाको प्रेरणादायी यात्रालाई ठुलो पर्दामा देशभरका दर्शकले अनुभव गर्न सकुन् भन्ने उद्देश्यले नेपालका प्रमुख सिनेमा चेनहरूसँग सहकार्य गरिएको एप्पलकी सुनिता रानाले उल्लेख गरिन् ।

    images
    images

    बंगाली र चिटगाउँनिया भाषामा बनेको यो फिल्मलाई नेपाली दर्शकले अंग्रेजी सबटाइटलमा हेर्न सक्नेछन् । आउँदो मंगलबार यो फिल्मको नेपाल प्रिमियर आयोजना गरिएको छ ।प्रिमियर समारोहमा परराष्ट्रमन्त्री र सचिव, बङ्गलादेशी राजदूत, सञ्चार तथा सूचना प्रविधिमन्त्री र सचिव, सार्क सचिव, चलचित्र विकास बोर्डका अध्यक्ष, बङ्गलादेश नेपाल वाणिज्य संस्थाका पदाधिकारी र फिल्म संस्था प्रमुख उपस्थित हुने जनाइएको छ ।

    नेपालको फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट र बङ्गलादेशको मल्टिप्लेक्स चेन स्टार सिनेप्लेक्सबीच द्धिपक्षीयरुपमा फिल्म प्रदर्शनको सहमति भएअनुसार ‘नो दोराई’ नेपालमा प्रदर्शन हुन लागेको हो ।जसअनुसार, ढाकाको स्टार सिनेप्लेक्सले काठमाडौँको एप्पल इन्टरटेनमेन्टले वितरण र निर्माण गरेको फिल्म ‘केटी हराएको सूचना : मिसिङ’लाई हालै त्यहाँ रिलिज गरेको थियो ।एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले दुई मुलुकका कम्पनीबिच द्विपक्षीय रिलिजको सहमति भएको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend