images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • हनुमानढोका दरबारको राजस्वमा वृद्धि, पर्यटक सङ्ख्यामा...

हनुमानढोका दरबारको राजस्वमा वृद्धि, पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि

हनुमानढोका दरबारको राजस्वमा वृद्धि, पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौँ । भदौ २०, गत आर्थिक वर्ष २०८१।८२ मा हनुमानढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा झण्डै दुई करोड रुपैयाँले राजस्व बढेको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिनुभयो।

    images
    images

    प्राप्त विवरण अनुसार, अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा रु १७ करोड ६९ लाख आम्दानी भए पनि गत वर्ष यो रकम बढेर रु १९ करोड ४६ लाख पुगेको छ। पर्यटकको आगमनमा भएको वृद्धिका कारण आम्दानीमा पनि वृद्धि भएको हो।

    अघिल्लो वर्ष सार्क राष्ट्रबाट ४७ हजार ३९९ र अन्य देशबाट एक लाख ५३ हजार २६२ पर्यटकले अवलोकन गरेका थिए भने गत वर्ष सार्कबाट ५० हजार ५३३ र अन्य देशबाट एक लाख ६९ हजार ३९५ पर्यटकले भ्रमण गरेका छन्।

    images
    images

    हनुमानढोका क्षेत्रमा प्रवेश शुल्क नै मुख्य राजस्व स्रोत हो। सार्क राष्ट्रका पर्यटकका लागि प्रवेश शुल्क रु ५०० र अन्य राष्ट्रका लागि रु १००० तोकिएको छ। नेपालीलाई भने प्रवेश निःशुल्क भए पनि सङ्ग्रहालय अवलोकनका लागि शुल्क लाग्ने व्यवस्था छ।

    जीवित देवी कुमारी दर्शनका लागि बिहान ११ः०० देखि १२ः३० र साँझ ५ः०० देखि ८ः०० बजेसम्मको समय निर्धारण गरिएको छ। भदौ, असोज र कात्तिक महिनामा पर्यटकको चाप विशेषगरी बढी हुने गरेको छ।

    यस वर्ष ऐतिहासिक इन्द्रजात्रा नजिकिँदै गर्दा पर्यटक आगमनमा थप वृद्धि हुने अपेक्षा गरिएको छ। इन्द्रजात्रा अवलोकन गर्न पाउने अवसरले गर्दा विशेषगरी सो समयमा हनुमानढोका क्षेत्रमा पर्यटकको भीड लाग्ने गरेको छ। काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा हेर्न छिमेकी स्थानीय तहका प्रतिनिधिहरू र विदेशी पाहुनाहरूलाई समेत विशेष निमन्त्रणा गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend