images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • सीमावर्ती क्षेत्रमा देखियो बर्डफ्लु , नेपालमा...

सीमावर्ती क्षेत्रमा देखियो बर्डफ्लु , नेपालमा उच्च सतर्कता

सीमावर्ती क्षेत्रमा देखियो बर्डफ्लु , नेपालमा उच्च सतर्कता

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • कञ्चनपुर।  भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो ।जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

    images
    images

    जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काले सीमावर्ती क्षेत्रमा सङ्क्रमण देखिएकाले नेपालमा फैलिन नदिने उद्देश्यले सचेतना अभियान सञ्चालन गर्नुका साथै सतर्कता अपनाइएको बताए । उनले भारतसँग सीमा जोडिएका दोधराचाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिमा बर्डफ्लु नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए ।“भारतीय सीमावर्ती क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि नेपालतर्फ सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ”, खड्काले भने, “सस्तो मूल्य र खुला सीमाका कारण आपूर्ति सहज हुने भएकाले अवैध रूपमा पनि आयात हुने गरेको छ, त्यसले नेपालमा पनि सङ्क्रमणको जोखिम बढाएको छ ।”

    संक्रमण फैलिएमा यस क्षेत्रमा पालिएका सबै कुखुरा नष्ट गर्नुपर्ने भएकाले समयमै नियन्त्रणका लागि सचेतना आवश्यक रहेको उहाँको भनाइ छ । संक्रमण भएमा कुखुरा मर्ने, झोक्य्राउने, चारा नखानेलगायत लक्षण देखिने प्रमुख खड्काले जानकारी दिए । आफूले पालेका कुखुरामा यस्ता लक्षण देखिएमा तत्काल पशु विज्ञ वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा जानकारी गराउन उनले सबै किसानलाई आग्रह गरे ।यसैबीच, जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले भारतीय कुखुरालाई नेपाल आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले भारतको उत्तराखण्ड राज्यको बागेश्वर र उधमसिंह नगरमा बर्डफ्लु फैलिएको विभिन्न सञ्चारमाध्यमबाट पुष्टि भएपछि नेपालमा सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।

    images
    images

    समितिले कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी, दोधाराचाँदनी र भीमदत्त नगरपालिका १, २ र १० को सीमावर्ती क्षेत्रबाट पन्छी तथा पन्छीजन्य सामग्रीको आयात र ओसारपसारलाई पूर्ण रूपमा निषेध गरेको छ । निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सबै सुरक्षा निकाय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले आकस्मिक अनुगमन गर्ने केन्द्रका प्रमुख खड्काले जानकारी दिए ।उनका अनुसार अनुगमनका क्रममा अवैध रूपमा सामग्री आयात गरेको पाइएमा त्यस्ता सामग्रीलाई कडाइका साथ नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने समितिले निर्णय गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend