images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • आज पनि बढ्यो सुनको मूल्य, तोलामा...

आज पनि बढ्यो सुनको मूल्य, तोलामा २ लाख ६ हजार नजिक

आज पनि बढ्यो सुनको मूल्य, तोलामा २ लाख ६ हजार नजिक

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौँ । मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ कायम भएको छ । 

    images
    images

    यसअघि सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैबीच मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend