images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • चारतारे बोधी रेडसन होटलले पुनर्निर्माण गर्न...

चारतारे बोधी रेडसन होटलले पुनर्निर्माण गर्न डेढ अर्ब ऋण लिँदै

चारतारे बोधी रेडसन होटलले पुनर्निर्माण गर्न डेढ अर्ब ऋण लिँदै

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । रुपन्देहीको भैरहवामा रहेको बोधी रेडसन होटल पुनर्निर्माणका लागि डेढ अर्ब ऋण लिने तयारी गरेको छ ।कम्पनीले हाल सञ्चालनमा रहेको होटललाई पुनर्निर्माण गर्न दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको हो ।कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४८ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँको रेटिङ गराएको हो । सन् २०१४ मा स्थापना भएको कम्पनीले चारतारे होटल सञ्चालन गर्दै आएको छ ।

    images
    images

    ५.२५ हेक्टर क्षेत्रफलमा फैलिएको होटलमा ९७ वटा कोठा र सुइट्स, ल्टि कुजिन रेस्टुरेन्ट, लक्जरियस स्पा स्वीमिङ पुल, फिटनेस सेन्टर र ब्याङ्क्वेट र कन्फरेन्स हलको सुविधा छ ।कम्पनीले आगामी दिनलाई मध्यनजर गर्दै होटललाई पुनर्निर्माण कार्य अगाडि बढाएको जनाएको छ । कम्पनीले कोठा, इन्टेरियर र भवनको पूरै पूर्वाधार पुनर्निर्माण गर्ने जनाएको छ ।कम्पनीले हालसम्ममा २५ करोड १० लाख रुपैयाँ खर्च गरिसकेको छ । प्रमोदकुमार यादव अध्यक्ष रहेको कम्पनीमा ६ जना निर्देशक छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend