images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • भारतबाट दश दिनमा मल आइपुग्छ, हाहाकार...

भारतबाट दश दिनमा मल आइपुग्छ, हाहाकार हुँदैन : कृषिमन्त्री अधिकारी

भारतबाट दश दिनमा मल आइपुग्छ, हाहाकार हुँदैन : कृषिमन्त्री अधिकारी

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • कपिलवस्तु । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले भारतको कोलाकाताबाट आयात गरिएको मल साता दश दिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे ।

    images
    images

    मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए ।‘मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भूभागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ’, उनले भने ।

    नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।सोही पार्टीका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई मल, बीउलगायत सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाव दिए

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend