images

२०८३ आश्विन २० गते

images
images
images

काउलीको भाउ घट्यो, प्रतिकिलो कति ?

काउलीको भाउ घट्यो, प्रतिकिलो कति ?

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । बजारमा काउलीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले काउलीको भाउ घटेको देखाएको हो ।बजारमा स्थानीय र तराई गरी २ प्रकारका काउली किन्न पाइन्छ । समितिको तथ्यांकले आज आइतबार दुवै काउलीको भाउ घटेको देखाएको हो ।

    images
    images

    आज कालीमाटी बजारमा स्थानीय काउली थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँमा किनबेच भइरहेको छ ।हिजो शनिबार स्थानीय काउली थोकमा प्रतिकिलो न्यूनतम ९० देखि अधिकतम १०० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै तराई काउली आज आइतबार थोकमा प्रतिकिलो न्यूनतम ६५ देखि अधिकतम ७५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो शनिबार भने तराई काउली प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँमा किनबेच  भएको  थियो ।

    एक साताअघि बजारमा स्थानीय काउली प्रतिकिलो थोकमा औसत १ सय २६ रुपैयाँमा किनबेच भएको थियो ।एक साताअघिको तुलनामा स्थानीय काउलीको भाउ ३२ प्रतिशतसम्म घटेको तथ्यांकले देखाउँछ । यस्तै तराई काउलीको भाउ पनि एक साता अवधिमा ३५ प्रतिशत घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend