images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • इन्भेष्टमेन्ट मेगा बैंकले पायो ऋणपत्र ...

इन्भेष्टमेन्ट मेगा बैंकले पायो ऋणपत्र निष्कासन गर्ने अनुमति

इन्भेष्टमेन्ट मेगा बैंकले पायो ऋणपत्र निष्कासन गर्ने अनुमति

images
images
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र निष्कासनको अनुमति दिएको हो ।

    images
    images

    बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो । बैंकले कुल कित्तामध्ये १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

    त्यस्तै बाँकी २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको रहेको २४ लाख २४ हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो । जसको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend