images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सेयर कारोबार रकममा उच्च गिरावट, नेप्से...

सेयर कारोबार रकममा उच्च गिरावट, नेप्से २७८६ अंकमा

सेयर कारोबार रकममा उच्च गिरावट, नेप्से २७८६ अंकमा

images
images
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौं । बुधबार सेयर बजार तीव्र उतारचढावबीच अन्ततः सामान्य अंक बढेको छ ।

    images
    images

    कारोबार सुरु भएपछि सवा १२ बजे बजार बढेर २८६० अंकसम्म पुगे पनि त्यो वृद्धिमा टिक्न सकेन । अन्ततः बजार २७८६ अंकमा बन्द भयो । जुन अघिल्लो दिनको तुलनामा ३.८ अंक बढेको हो । दिउँसो २ : ०४ बजे बजार २७६२ अंकसम्म झरेको थियो ।

    बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ । अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चियो ।

    images
    images

    यस दिन बैंकिङ समूहको सूचक ०.९२, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.४९, लगानी १.०१, उत्पादन ०.०३, अन्य ०.०९ प्रतिशत बढे । विकास बैंक ०.८०, फाइनान्स १.६९, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा ०.९७ तथा व्यापार समूह १.४३ प्रतिशत घटे ।

    ९८ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ भने ४ को स्थिर रह्यो । यस दिन लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त तथा माइखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

    पिपुल्स हाइड्रोपावरको ९, थ्रीस्टार हाइड्रोपावरको ७.७, एचआईडीसीएलको ५.६ प्रतिशत मूल्य बढ्यो । कर्णाली विकास बैंकको ६.८, स्वरोजगार लघुवित्तको ५.१, अपरसोलु हाइड्रोको ५.१ तथा मल्टिपर्पस फाइनान्सको ४.९ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा भने चन्द्रागिरि हिल्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर, अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend